अपि पावरले डाक्यो साधारण सभा, ‘बुक क्लोज’ कहिले ?

अपि पावरले डाक्यो साधारण सभा, ‘बुक क्लोज’ कहिले ?


काठमाडौं – अपि पावर कम्पनीले कात्तिक १ गते साधारण सभा डाकेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ९ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि सो मितिमा साधारण सभा डाकेको हो ।

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लगानीकर्तामा ९ प्रतिशत बोनस शेयर दिने र कर प्रयोजनका लािग ०.४७३७ प्रतिशत नगद लाभांस वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको बैंकबाट २१औं साधारण सभाको मिति तय गरेको हो ।

यसका लागि असोज १६ गते ‘बुक क्लोज’ हुने जनाइएको छ ।