कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् । बैंकले घिमिरेलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा घिमिरेलाई नियुक्त गरेको हो ।