काठमाडौं– समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पाङ्ग्रे सवारी किन्दा छूट पाउने भएका छन् । सो छुटका लागि समृद्धि फाइनान्सले बि ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
हिजो भएको उक्त समझदारीपत्रअनुसार कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ्ग वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार रुपैयाँ, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छूका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको सुविधा पाउन सक्नेछन् ।



About Us
प्रतिक्रिया