ओरियन्टल होटलले घोषणा गर्यो लाभांश


काठमाडौं– ओरियन्टल होटलले लाभांश घोषणा गरेको छ । होटलको बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०र०८१ को नाफाबाट हालको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ को ५ प्रतिशतले हुन आउँने ५ करोड ६४ लाख ४ हजार ५२१ बोनश शेयर र चुक्ता पूँजीको ०.२६३१६ प्रतिशतले हुन आउँने २९ लाख ६८ हजार ६५९ कर प्रयोजनको लागि नगद लाभाशं बितरण गर्न स्वीकृतको प्रस्ताव समेत पारित भएको जनाएको छ ।