काठमाडौं – हाथवे इन्भेस्टमेन्ट नेपालले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्। यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया