काठमाडौं – ओरियन्टल होटल्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। प्रस्तावित लाभांश अनुमोदन गर्न होटलले आफ्नो २७ औँ वार्षिक साधारणसभा असोज २० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
होटल्स सञ्चालक समितिले उक्त आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ४ हजार ५२१.९० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।२६ प्रतिशतले हुन आउने २९ लाख ६८ हजार ६५९।०५ रुपैयाँ नगद लाभांश रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।



About Us
प्रतिक्रिया