काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उप कार्यकारी अधिकृत पवन रेग्मीले पाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयअनुसार उप कार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको हो ।
बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।



About Us
प्रतिक्रिया