बेस्ट फाइनान्सको सञ्चालकमा गौतम


काठमाडौं – बेस्ट फाइनान्सको सञ्चालक समितिमा डा. रामजी गौतम नियुक्त भएका छन् । गौतम कम्पनीको संस्थापक शेयरधनी समूहकोतर्फबाट सञ्चालक पदमा नियुक्त भएका हुन् ।

बेस्ट फाइनान्सको ५८७औं सञ्चालक समितिको बैठकबाट गौतम नियुक्त भएको जानकारी दिइएको छ । उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को परिच्छेद ४ को दफा १४ को उपदफा (२)ख बमोजिम बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो ।