कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली


काठमाडौं – नेपाल सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले कृषि विकास बैंकको सञ्चालकमा मैनालीलाई नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन-२०७३ बमोजिम मैनालीले संस्थाको सञ्चालक समिति सदस्यको सपथ लिएको बैंकले जनाएको छ ।