ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडोल फिटनेश’मा १० प्रतिशत छुट


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल फिटनेश एन्ड रिक्रिएशन सेन्टर’ सँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरूलाई १०५ को छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतापश्चात् अब ज्योति विकास बैंकका ग्राहकले ठुलो भर्‍याङस्थित शाइन इखाडोल फिटनेस तथा रिक्रिएशन सेन्टरको खानामा १०५ छुट प्राप्त गर्नेछन् । उक्त स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएशन सेन्टरमा पौडीसम्बन्धी तालिमको पनि व्यवस्था रहेको छ ।

हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिकिन एन्ड डाइग्नोस्टिक सेन्टर’मा २०५ सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौंस्थित ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा ग्राहकलाई ३०५ सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

यसैगरी, बैंकले ‘जास्मिन फिटनेश क्लब एन्ड स्पा’मा २०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखी विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।