लक्ष्मी सनराइज बैंकले गर्यो वीरगञ्जमा सेवा विस्तार


काठमाडौं – लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न– ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ केमी मिटर उत्तर (पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्ने बैंकले बताएको छ।