काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनकाे मूल्य १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ।
जुन हालसम्मकै उच्च हो । सुन आज तोलामै १ हजार रुपैयाँले बढेको हाे । यसअघि गत भदौ २१ गते सुनको मूल्य उच्च स्तरमा पुगेको छ । त्यसदिन प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो तोलामा २०० रुपैयाँले बढेको थियो । आज तोला १५ रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको छ ।हिजो तोलाको १ हजार १ हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया