गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेको र काम गर्न नदिएकोले कारवाही गरिएको हो : प्रधानमन्त्री

गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेको र काम गर्न नदिएकोले कारवाही गरिएको हो : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाइ असहयोग गरेका कारण कारबाही गर्नुपरेको बताएका छन् ।

आज (सोमबार) बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथिको कारबाही र पछिल्लो अर्थतन्त्रमाथिको संकटबारे प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । सोको जवाफ दिने क्रममा प्रम गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असहयोग गरेको भन्ने गुनासो बढेकाले कारबाही गरिएको प्रम देउवाले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आफूलाई गभर्नरले काम गर्न नदिएको र आफूले गरेका कामहरुमा असहयोग गरेको भन्ने गुनासो आफूसमक्ष गरेको पनि प्रधानमन्त्रीले बताए ।

सरकारले शुक्रबार गभर्नर अधिकारीमाथि सर्वोच्च अदालतका पूर्व–न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो, जससँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथिको आरोप छानबिनपछि पुष्टि भएमा सरकारले उनलाई बर्खास्त गर्नेछ ।