काठमाडौं – आइतबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा १२ सय रूपैयाँले घटेकाे छ । शुक्रबार १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम गरेको सुनकाे मूल्य आइतबार भने १२ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार मूल्य घटेर छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ७५० रुपैयाँले कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य १ हजार ७९५ रुपैयाँ रहेकाे थियाे ।






About Us
प्रतिक्रिया