मुम्बई – एनएमबी बैंकका प्रमुख अधिकृत – रिटेल बैंकिङ रोशन रेग्मीले ‘ग्लोबल फिन्टेक फेस्ट, २०२४ ’बाट नेपालाई समेत लाभ हुने बताएका छन् । रेग्मीले भारतको मुम्बईमा तीन दिनसम्म चलेको फेस्टबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्ने बताएका हुन् ।
फेस्टमा सहभागी हुन पुगेका रेग्मीले मुम्बईमा बैंकिङ्ग समाचारसँगको कुराकानीमा भारतले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति गरिरहेको बताए । ‘यो फेस्टमा सहभागी बन्न पाउँदा उत्साहित छु,’ उनले भने, ‘भारतले प्रविधिमा ठुलो फड्को मारेको छ ।’
दुई दिनसम्म चलेको फेस्टमा हुने छलफलले भारतलाई मात्रै नभएर क्षेत्रीय स्तरमा नै फाइदा पुग्ने उनको विश्लेषण थियो । ‘यो प्रकारको छलफलले भारतलाई मात्रै नभएर नेपालसहित क्षेत्रीय स्तरमा नै फाइदा पुग्छ,’ उनले भने, ‘हामीले भारतसँग धेरै विषय सिक्न सक्छौँ । नेपाल र भारतबीच सबैजसो कुरा मिल्छ ।’
नेपाल र भारत सामाजिक र आर्थिक हिसाबले जोडिएका छन् । ‘भारतले गरेको प्रविधिको फड्को र विकासले हामीलाई पनि सहयोग पुग्छ । हामी पनि प्रयोग गर्न सक्छौँ,’ उनले थपे, ‘यसलाई आत्मसाथ गर्न सक्यौँ भने फाइदाजनक हुन्छ ।’
प्रतिक्रिया