आशा लघुवित्तको सीईओमा पुनः बद्री दुलाल

आशा लघुवित्तको सीईओमा पुनः बद्री दुलाल


काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बद्री प्रसाद दुलाललाई नियुक्त गरेको छ ।

गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत बद्री प्रसाद दुलाललाई १६ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको रहने संस्थाले जनाएको छ ।