हाईलाइफको २० लाख कित्ता शेयर बिक्रीमा

हाईलाइफको २० लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं– हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले सो शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका शेयरधनीहरूले २ः१ अनुपात अर्थात् २ कित्ता शेयर हुने शेयरधनीले १ कित्ता शेयरका लागि आवेदन दिन पाउने उल्लेख छ । कम्पनीको गत भदौ ११ गते सम्पन्न साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको शेयर हकप्रद शेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।