ब्रोकर नम्बर ९१ को लाभांश घोषणा

ब्रोकर नम्बर ९१ को लाभांश घोषणा


काठमाडौं– सिविआईएल सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । गत १३ गते बसेको सञ्चालक समिति बैकठले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै लाभांश प्रस्ताव पारित गर्न आगामी असोज ६ गते प्रधान कार्यालय कुपण्डोलमा साधारण सभा डाकेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने भएको छ ।