काठमाडौं– सिद्धार्थ बैंक संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक शेयरबिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक शेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको ४१ हजार ५७० कित्ता गरी कुल ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
हाल कायम संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने सो शेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया