काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य बढेको थियो। आइतबार बढेको सुनको मूल्य सोमबार सामान्य घट्दा मंगलबार स्थिर रह्यो । त्यस्तै, बुधबार, बिहीबार बढ्दै उच्च विन्दुमा पुगेको थियो । शुक्रबार सुनको मूल्य घट्यो ।
आइतबार – १ लाख ५२ हजार ४ सय रुपैयाँ
सोमबार– १ लाख ५२ हजार ३ सय रुपैयाँ
मंगलबार – १ लाख ५२ हजार ३ सय रुपैयाँ
बुधबार – १ लाख ५३ हजार १ सय रुपैयाँ
बिहीबार – १ लाख ५३ हजार २ सय रुपैयाँ
शुक्रबार – १ लाख ५२ हजार ९ सय रुपैयाँ
यो साताको आइतबार १ हजारले बढेको सुनको मूल्य सोमबार १ सय र मंगलबार स्थिर रहेको थियो । यस्तै, बुधबार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले बढेको थियो । शुक्रबार भने सुनको मूल्यमा ३ सय रुपैयाँको गिरावट आएको थियो ।
प्रतिक्रिया