काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया