निरन्तर घट्दै शेयर बजार, कारोबार रकम १२ अर्बमा झर्यो

निरन्तर घट्दै शेयर बजार, कारोबार रकम १२ अर्बमा झर्यो


काठमाडौं – आज साताको अन्तिम दिन बिहिबार शेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहारो अंक अर्थात् ३६ दशमलव ८३ अंकले घटेर २,७४९ दशमलव ८३ को विन्दुमा कायम भएको छ ।

आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभर ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।