काठमाडौं – स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना निकाल्दै आवदेन खुल्ला गरिएको जानकारी दिएको छ हो ।
प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजनाको विवरणसहित आवेदन दिन आग्रह गरेको छ । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ ।आवेदन आइइडिआई डट ओराजी डट एनपी वेबसाइटबाट भर्न सकिने व्यवस्था गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप कर्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसबाट ७ सय उद्यमीले लाभ पाउनेछन् । कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ र ब्याजदर वार्षिक तीन प्रतिशत तोकिएको छ । स्टार्टअप कर्जाका लागि कृषि, उत्पादनमूलक, पर्यटन, स्वास्थ्य, पूर्वाधार र विद्युतीय सवारी साधन लगायत १९ क्षेत्र तोकिएका छन्।
प्रतिक्रिया