ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो १२ सार्वजनिक, के– के छन् विशेषता ?

ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो १२ सार्वजनिक, के– के छन् विशेषता ?


काठमाडौं – ओप्पोले नयाँ एआई फोन रेनो १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको हो । एआई फोनको परिकल्पनालाई तिव्र बनाउन ओप्पोको लागि यसले इन्डस्ट्री–लिडिङ जेनएआई विशेषताहरू सहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावनाहरू खोल्नेछ ।

रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्, जसले नयाँ आकर्षक लुक सिर्जना गर्दा रेनो श्रृंखलामा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ जसले झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षित राख्दछ । यी दुई मोडलहरुमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ ।

ओप्पोको ८० वाट सुपरभोक्टम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच् ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ, र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन, र ट्रेन्ड–सेटिङ शैली जारी राखि रहनेछ ।

रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूल अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन् ।

यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ। एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ । अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो बेकार जाँदैन ।

अझ बढी रचनात्मक सम्भावनाहरूका लागि, एआई स्टुडियोले केवल एउटा प्रयोगकर्ताको फोटोबाट डिजिटल वा कलात्मक पोर्ट्रेट शैलीहरू सिर्जना गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफूलाई काउब्वाइ, साइबरपंक मेग्य स्टार, तथा नयाँ जेन एआई क्षमताहरूको प्रयोग गर्दै अन्य धेरै शैलीहरूमा पुनःकल्पना गर्न सक्नेछन् ।

फोटो सुधारको साथसाथै, रेनो १२ मा एआई समावेश गरेर थप दक्षता र रचनात्मकता ल्याएको छ । स्मार्ट साइडबारमा गुगल जेमिनी र लार्ज लाङ्ग्वयज मोडलमा आधारित, एआई टुलबक्स थपिएको छ, जसले शक्तिशाली क्षमताहरूको पहिचान गरी त्यसको प्रयोग गरेर स्क्रिनमा भएका सामग्रीलाई सोसल मिडियाको लागि बनाउन अथवा लामो लेखहरूको कन्टेन्ट समराइजलाई बुझ्न र त्यसअनुसार एआई सुविधाहरू सिफारिस गर्न मद्दत गर्दछ, जस्तै रेकर्डिङ एपमा, प्रयोगकर्ताहरूले अब नयाँ एआई रेकर्डिङ समरी टुलको प्रयोग गरेर भ्वाइस रेकर्डबाट टेक्स्ट समराइज बुद्धिमानीपूर्वक निकाल्न र तिनीहरूलाई नोटहरूमा व्यवस्थित गर्न सक्छन्, जसमा कार्य सूची, समय, स्थानहरूको जानकारी र अन्य विवरणहरूलाई हाइलाइट गरी राम्रोसँग पढ्नको लागि फर्माट बनाउन सकिन्छ ।

रेनो शृङ्खलालाई भविष्यमा दृढतापूर्वक लिएर जाने रेनो१२ को अगाडि स्पेस–एज सिल्भर एक्सटेरियरको वरिपरि केन्द्रित बोल्ड डिजाइन रहेको छ । रेनो१२ पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ, जसले पोखरीमा पानी बग्ने थ्रीडी जस्तो अनुभूति सिर्जना गर्दछ । पारालाक्स इफेक्टको प्रयोगले रेनो सिरिजको पहिचान बनेको मिरर–स्मूद टेक्सचर जस्तै अनुभुतिलाई कायम राख्दै यो दृश्य अनुभूति हासिल भएको सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपल्ब्ध छ । यो फोनमा सनसेट पींकले ओप्पोको ग्राफिक लिक्विड क्रिस्टल प्रयोग गरी २०२४ को कलर अफ द इयर, पिच फज समावेश गरिएको छ । थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ । रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई–टोन म्याट–ग्लस डिजाइन छ जसमा दुई भागहरू स्वभाविक रूपमा फोनको पछाडि तेर्सो रूपमा चलिरहेको सुन्दर मेटालिक रिबनद्वारा अलग गरिएको छ ।

यो फोन ६।७ इन्च, १२० एचजेड ओलिड डिस्प्ले जसमा हार्डवेयर स्तरको कम नीलो प्रकाश आँखा सुरक्षा प्रदान गर्दै १।०७ बिलियन रङहरू प्रदर्शन गर्न सक्षम छ । यसमा ओप्पोको प्लास टच प्रविधि थपिएको छ जसले स्क्रिन वा प्रयोगकताहरुले हात भिजेको अवस्थामा पनि स्क्रिनलाई सही रूपमा मोबाइलमा काम गर्न सक्नेछन् । रेनो १२ नेपालमा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध हुनेछ । १२ जीबी र्याम प्लस ५१२ जीबी रोम संस्करणको ६५ हजार ९९९ रुपैयाँ पर्दछ, जुन हरेक रिटेलर स्टोरमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।