काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
‘नेपाल एयरलाइन्स खस्किएको छ।अत्यन्तै कमजोर भएको छ। त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ,’ मन्त्री पाण्डेले भने।
साथै, मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गरे ।



About Us
प्रतिक्रिया