काठमाडौं – विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ।
विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।
यस अवधिभित्र २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आव २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको हो ।
प्रतिक्रिया