काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेकाे हाे ।
सर्वसाधारण लगानीकर्ताहरूले यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुलाइएको शेयरका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया