३ अर्बकाे ऋणपत्र जारी गर्दै प्राइम कमर्शियल बैंक

३ अर्बकाे ऋणपत्र जारी गर्दै प्राइम कमर्शियल बैंक


काठमाडौं – प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्न तयारी शुरु गरेको हो ।