काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो । यसैबीच, चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया