काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २ गते बैंकिङ्ग प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्न बोलकबोल आह्वान गरेकोमा बैंकहरू २ खर्ब राख्न तयार भएका छन् ।
राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तान्न खोजेकोमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९६ अर्ब २५ लाख रुपैयाँको बोलकबोल गरेका हुन् । राष्ट्र बैंककाे प्रस्तावमा २५ बैंक तथा वित्तीय संस्थाले ५५ वटा बोलकबोल आवेदन दिएका थिए।
यसअघि ३ प्रतिशत ब्याजदरमा पैसा राख्दै आएका बैंकहरुले यसपटक ३ प्रतिशतभन्दा कम ब्याजदरमा नै पैसा राख्नको लागि आवेदन दिएका छन्। बैंकहरुले २.८० प्रतिशतदेखि २.९७ प्रतिशतसम्म ब्याजदर तोकेर आवेदन पेश गरेका हुन्। उक्त निक्षेप संकलन उपकरणको ब्याजदर २.८८ प्रतिशत कायम भएको छ।
प्रतिक्रिया