काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले २३ खर्ब बढी आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा सरकारले २३ खर्ब बढी ४४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको हो ।
यस्तै, समिक्षा वर्षमा सरकारले १ खर्ब ८२ अर्ब ६२ करोड साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा ५१ अर्ब ८० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ०.९ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १ खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ वाह्य ऋण परिचालन गरेको छ ।
२०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । जसमध्ये, वाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४२.९९ प्रतिशत रहेको थियो
प्रतिक्रिया