काठमाडौं – शिव शिखर र तुलसी सहकारीमार्फत सर्वसाधारणलाई अर्बौं ठगी गरेका केदारनाथ शर्माविरुद्ध २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । भक्तपुर जिल्ला अदालतमा ३२ साउन गते शर्मासहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर भएको हो ।
शर्माका साथै श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका म्यानेजर पुस्कर मल्ल, सहकारी भक्तपुरका सञ्चालक समिति अध्यक्ष सुशील बानियाँ, सहकारीका सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेजबहादुर तामाङ, सहकारीका व्यवस्थापक लीलानाथ गौतम, मन्दीप खवास, सबिना न्यौपाने र ऋण अधिकृत मुकुन्द कपालीविरुद्ध मुद्दा दायर भएको छ ।
प्रतिक्रिया