काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय सहकारी बैंकले २ अर्बकाे हाराहारीमा घाटामा गएकाे छ । बैंककाे गत आवमा बैंकको गत आवमा खुद नाफा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकले २० करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस्तै, अघिल्लो वर्ष ७.९५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २१.९१ प्रतिशत पुगेको छ । गत असारसम्म बैंकले १ अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४ करोड ७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १० करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ७ करोड ५० लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ छ भने जगेडा कोष ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया