बीमा प्राधिकरणका सञ्चालक समिति सदस्य ओलीको बिदाई

बीमा प्राधिकरणका सञ्चालक समिति सदस्य ओलीको बिदाई


काठमाडौं – नेपाल बीमा प्राधिकरणका संचालक समिति सदस्य कपिल देव ओलीको दोश्रो कार्यकाल पुरा भएपछि प्राधिकरणले बिदाई गरेको छ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राधिकरणका निर्देशक लगायतका कर्मचारीले सम्मानसहित ओलीको बिदाई गरेका हुन् ।

उनको दोश्रो कार्यकाल औपचारिकरूपमा सोमबार देखि सकिने भएपनि सार्वजनिक बिदा परेकाले प्राधिकरणले आइतबार बिदाई गरेको हो।

अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्‍याएका योगदान प्रशंसनीय रहेको बताए ।