तीव्र उतराचढाव ब्यहोरेको बजारमा वित्त समूहमा उछाल

तीव्र उतराचढाव ब्यहोरेको बजारमा वित्त समूहमा उछाल


काठमाडौं – आज बुधबार वित्त समूह सबैभन्दा धेरै अंकले बढेको छ । तीव्र उतराचढाव देखिएको शेयर बजारमा आज यो समूहमा सबैभन्दा धेरै वृद्धि आएको हो । कारोबारमा आएका १३ वटा समूहमध्ये वित्त समूह ७.६७ प्रतिशत बढ्यो ।

यो भनेको २८२ अंकको वृद्धि हो । आज तीन वटा समूहमा भने गिरावट देखियो । जीवन बीमा समूह १५.९५ अंकले घट्दा लघुवित्त समूह ३८.५७ अंक र म्यूचुअल फण्ड समूह ०.१९ अंकले घट्यो ।

यसबाहेक अन्य सबैजसो समूहमा सुधार आयो । तर वित्त समूहमा भने उछाल नै आयो । पछिल्लो समय शेयर लगानीकर्ता समूह नै बनाएर वित्त समूहको शेयर उचाल्दै आइरहेका छन् । यसका लागि उनीहरुले ‘फाइनान्स आर्मि’ नै गठन गरेका छन् ।

यसोगर्दा नवप्रवेशी लगानीकर्ता डुब्ने जोखिम बढ्दै गइरहेको छ । जुन जोखिमको बारेमा प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पटक–पटक आवाज उठाउँदै आइरहेका छन् । तर लगानीकर्ताले सांसदहरुमाथि नै खेदो खन्ने काम गर्दैछन् ।