शेयर बजारमा सामान्य अंककाे वृद्धि, कारोबार रकम २० अर्ब माथि

शेयर बजारमा सामान्य अंककाे वृद्धि, कारोबार रकम २० अर्ब माथि


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ७० अंकले बढेर २,७६६ को विन्दुमा कायम भएको हाे । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ। निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआरएनका लगानीकर्ताले गुमाएका छन्।