काठमाडाैं – सोमबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारणले काठमाडौंका अधिकांश स्थानमा क्षती पुर्याएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार काठमाडौंका विभिन्न स्थानमा बाढीले क्षनती पुर्याएको हो ।
बागमती नदिएमा आएको बाढीका कारणले कुलेश्वर फलफुल बजार डुबानमा परेको महानगरले जानकारी दिएको छ । सो डुबानबाट भएको क्षतीको एकिन विवरण भने आइनसकेको बताइएको छ ।
यसैगरी कुलेश्वर फलफुल तथा तरकारी बजारको दक्षिणी भागमा पानि पसिसकेको छ भने उत्तरी भागमा पानि पस्न सुरु गरेको महानरले जनाएको छ ।
यसबाहेक टेकु दोभानदेखि बल्खु तरकारी बजारमा समेत बाढी पसेको बताइएको छ । यस्तै माछापोखरीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर त्यसवरपरका पसल डुबानमा परेका छन् ।
रातिदेखि निन्तर परेको पानीले किर्तिनपुरको चोभारमा पहिलो समेत खसेको महानगरले जानकारी दिएको छ । जसकारण हेटौंडा बल्खु सडकखण्ड अवरुद्ध बनेको छ ।
प्रतिक्रिया