काठमाडौं – प्रभु बैंक लिमिटेडको विर्तामोड शाखा कार्यालयमा सर्वसाधरणहरुले आन्दोलन गरेका छन् । बचतकर्ताकाे १ करोड १९ लाख रुपैयाँ हिनामिना भएपछि सर्वसाधरणहरु बैंकको शाखा कार्यालय घेराउ गर्न पुगेका हुन् ।
सोही ठाँउकी मन्जु नेपालको मुद्दती निक्षेपमा राखेको नगद नै गायब पारी दिएपछि बैंकको उक्त शाखा कार्यालय घेराउ गरेका हुन् ।
बैंकमा पीडित नेपालले ६ महिना अवधिको लागि १ करोड १९ लाख रुपैयाँ मुद्दती निक्षेपमा जम्मा गरेकी थिइन् । तर, समय पुगेपछि उक्त रकम निकाल्न जादाँ निक्षेप नै गायब थियो ।



About Us
प्रतिक्रिया