नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा रोजगारीको अवसर 


काठमाडौं – नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले  दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्ट .पदमा कर्मचारी माग गरेको हो ।

यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट गरेको र ३५ वर्ष उमेर नपुगेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।