मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य


काठमाडौं – मुक्तिनाथ विकास बैंकको स्वतन्त्र निर्देशकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । यही साउन १५ गते बसेको कम्पनीको ३३२ औं सञ्चालक समितिको बैठकबाट आचार्य स्वतन्त्र निर्देशकमा नियुक्त भएका हुन् ।

आचार्यको कार्यकाल ४ वर्षको हुनेछ। बैंकले निर्देशकमा एक जना स्वतन्त्र निर्देशक समेत हुनुपर्ने प्रावधानअनुसार आचार्य नियुक्त गरेको हो । आचार्यको कार्यकाल आजैदेखि लागु हुने कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिएका छन् ।