काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) मुद्रा सटही सुविधाको सीमा सम्बन्धी जानकारी दिँदै एक वित्तीय सन्देश जारी गरेको छ। केन्द्रीय बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकिएको सन्देशमा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत् विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो। जसअनुसार नेपाली नागरिकले एकपटक मात्र सेलटमेन्ट खर्चबापत प्रतिव्यक्ति बढीमा ५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सक्ने व्यवस्था गरिएको छ।
राहदानी, आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपि पेस गरी सम्बन्धित व्यक्तिले राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्छन्।
यो व्यवस्थाअनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनः विदेश फर्किने नेपाल नागरिकलाई भने यस्तो सटही सुविधा उपलब्ध हुँदैन।




About Us
प्रतिक्रिया