काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाउने प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम फुटाउदै गरेको अवस्थामा १८ वर्षी युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर–१ का स्थायी बासिन्दा र हाल काठमाडौं महानगरपालिका वडा नम्बर–१४ कलङ्कीमा बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा रहेका छन्।
प्रतिक्रिया