राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल नियुक्त भएका छन्। राष्ट्र बैंकले पौडेललाई साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्तामा नियुक्त गरेको हो।

पौडेल वि.सं २०५९ मा सहायक निर्देशकको रुपमा नेपाल राष्ट्र बैंकबाट सेवा प्रवेश गरेका थिए। उनले अर्थशास्त्रमा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन्।

पौडेलसँग मौद्रिक नीति सम्बन्धी, बृहत् अर्थशास्त्र सम्बन्धी, वित्तीय स्थिरता सम्बन्धी, भुक्तानी प्रणाली र केन्द्रीय बैंकबाट एन्टि मनी लान्डड्रिङ्ग लगायतका विभिन्न क्षेत्रका अनुभव छ। यस अघि राष्ट्र बैंकको प्रवक्तामा डा. गुणााकर भट्ट थिए ।