एनएमबि बैंकको १ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखिएकाे यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बबरमहल काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ।तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ।