काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ। बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र शेयर कर्जाको ब्याजदर घटाएको हो ।
बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो। बैंककाअनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ। यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो ।
यस्तै शेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ। यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो।
अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुने बैंकको भनाइ छ। बैंकको आधार दर ७.६९ प्रतिशत छ।



About Us
प्रतिक्रिया