काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ। कम्पनीले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वर्गिय बीमित कोकिला खातीको मृत्यु दावी भुक्तानी गरेको हो।
कम्पनीले मृत्यु भएकी बीमितको घरमै गएर मृतृकका आफन्तलाई ५ लाख ४५ हजार रुपैयाँ दावी भुक्तानी गरिएको प्रभु महालक्ष्मी लाइफ महेन्द्रनगर कार्यालयका प्रमुख लक्ष्मी भट्ट ९थापा० ले बताइन्।
‘मानव जीवनमा बिमाको एकदमै धेरै आवश्यकता हुने गर्दछ, जस अनुसार हामीले प्रत्यक्ष रुपमा मृत्यु भएका बिमितलाई दावी भुक्तानी प्रदान गरेको छौँ।’ प्रमुख लक्ष्मी भट्ट ९थापा० ले भनिन् ,‘हामी अन्य आम नागरिकलाई समेत बिमा गर्न सुझाव दिन्छौ, आकस्मिक जीवन घटना जस्ता कुराहरुमा बिमाले प्रत्यक्ष सहयोग गर्ने गर्दछ।’
दावी भुक्तानीको क्रममा वेतकोट नगरपालिका–३ का वडाध्यक्ष मोहन गुरधामीसँगै कम्पनीको तर्फबाट हरिश अवस्थी, हरिश जोशी, वरिष्ठ एजेन्सी म्यानेजर राजेन्द्र प्रसाद बोगटी लगायत व्यक्तिको उपस्थिति रहेको थियो।



About Us
प्रतिक्रिया