सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द


काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनीका तर्फबाट सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी चन्दलाई सञ्चालकमा नियुक्त गरेको हो।

अनुभवी बैंकर चन्दले हालै सानिमा बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदबाट अवकाश पाएका हुन्।