यी तीन कम्पनीमा रोजगारीको अवसर, योग्यता कति चाहिन्छ ?


काठमाडौं – कामना सेवा विकास बैंक, सामुदायिक लघुवित्त र अमेरिकी संस्था यूएसएआईडीले कर्मचारी माग गरेका छन्। यी तीन संस्थाले दरखास्त आह्वान गर्दे विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।

कामना विकास बैंकले केही सङ्ख्यामा प्रशिक्षार्थी सहायक माग गरेको छ। यसका लागि म्यानेजमेन्टमा कम्तीमा प्लस टु पास गरेको हुनुपर्नेछ। इच्छुक र योग्य नेपाली उम्मेदवारले साउन १८ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

त्यसै गरी सामुदायिक लघुवित्तले सहायक/अधिकृत र सहायक श्रेणीमा शाखा प्रमुख (वरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृतसम्म) र कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही जनशक्ति माग गरेको छ । इच्छुक उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा इमेलमार्फत दरखास्त दिन सक्नेछन् । 

साथै, यूएसएआईडी नेपापले ‘प्रोजेक्ट म्यानेजमेन्ट स्पेसियलिस्ट डेपुटी अफिस डाइरेक्टर (डेमोक्रेसी ह्युमन राइट्स एन्ड गभर्नेन्स) पदमा दरखास्त आह्वान गरेको छ । आवेदन आजदेखि ९साउन ९ गते० देखि साउन ७ गतेसम्म दिन सकिनेछ ।