कालिका लघुवित्तमा ६१ जनालाई रोजगारीको अवसर 

कालिका लघुवित्तमा ६१ जनालाई रोजगारीको अवसर 


काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले दरखास्त आह्वान गर्दे  विभिन्न ४ पदका लागि ६१ जना कर्मचारी मागेको हो । 

 कम्पनीले सुपरभाइजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको छ । 

 कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।