काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेड कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेकोे २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति र संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया